गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा शुक्रबार थप ४० जनामा कोरोना संक्रमण भएको छ ।  हालसम्म गण्डकीमा संक्रमितको संख्या दुई हजार तीन सय ५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

पोखरामा मात्रै १६ कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये  सातजना नेपाल प्रहरीमा कार्यरत छन्  ।

त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक–एक तथा नवलपरासीमा १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

सुझावित समाचार