गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमित थपिएका छन् । हालसम्म गण्डकीमा संक्रमित दुई हजार तीन सय ५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
पोखरामा मात्रै १६ कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा– १५ का सातजना नेपाल प्रहरीमा कार्यरत हुन् ।
त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक–एक तथा नवलपरासीमा १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।