काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई कोरोना संक्रमण भएको छ । शुक्रबार स्वाब दिएका उनलाई बिहीबार संक्रमणको पुष्टि भएको नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन् ।
यसअघि स्वाब परीक्षण नै नभई मोबाइलमा नेगेटिभ रिपोर्ट भएको म्यासेज आएपछि काममा लागेका मेयरलाई दुई दिनपछि पुनः पोजिटिभ भएको भन्दै रिपोर्ट आएको थियो । त्यसपछि मेयर बस्नेतसहितको पुनः परीक्षण गरिएको थियो ।
नगरपालिकाको वडा नं. ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी पनि संक्रमित भएका छन् । नगरपालिकामा संक्रमितको संख्या एक सय २० पुगेको छ ।