गण्डकी प्रदेशका विधायन समिति सभापतिलाई कोरोना संक्रमण

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशकाे संसद्का विधायन समिति सभापति मोहनप्रसाद रेग्मीलाई  कोरोना संक्रमण भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका उनले चार दिनअघि स्वाब दिएका थिए । 

बुधबार आएकाे रिपाेर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । आफू पोखरामै होम आइसोलेसनमा रहेको उनले जानकारी दिए । 

‘कन्ट्याक्ट ट्रेसिङमा थिएँ । हिजो रिपोर्ट पोजेटिभ आयो । मेरो स्वास्थ्य अवस्था राम्रो छ । कुनै बिरामीको लक्षण ममा छैन । पोखराकै डेरामा आइसोलेसनमा बसेको छु,’ उनले नयाँ पत्रिकालाई जानकारी दिए ।  

सुझावित समाचार