पर्सामा थप एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालाबाट बुधबार राति प्राप्त परीक्षण रिपोर्टअनुसार बारा, पर्सा र रौतहटका एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
डा. चौरसियाका अनुसार थपिएका संक्रमितमध्ये पर्साका ६९, बाराका २४ र रौतहटका १७ जना छन् । जसमा वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ४९, बहुदरमाई नगरपालिकाका पाँच, पर्सागढी नगरपालिकाका सात र पोखरीया नगरपालिकाका चारजना रहेकाे अस्पतालले जनाएकाे छ ।
यस्तै बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडामा २४ जना र रौतहटको यमुनामाई गाउँपालिकाका १७ जनामा कोरोना संक्रमण देखिएकाे छ । योसँगै पर्सामा काेराेना संक्रमणकाे संख्या दुई हजार तीन सय ४४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।