कोरोनाले निम्त्याएको विश्वव्यापी भोकमरी

मंगलबार, १६ भदौ, २०७७
डिजिटल संस्करण

पहिलोपटक ३१ डिसेम्बर सन् २०२० मा विश्व स्वास्थ्य संगठनले चीनबाट पाएको एउटा रिपोर्टले दुनियाँलाई अहिलेजस्तो आक्रान्त बनाउँछ भनेर सायदै मानिसहरूले सोचेका थिए । त्यसलगत्तै चीनले हुबेईस्थित वुहानमा एउटा अनुसन्धान गरेर पहिलोपटक कोरोना भाइरस अर्थात् कोभिड–१९ आफ्नो देशमा देखा परेको स्पष्ट पा¥यो । लगत्तै वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लुएचओ) सँग आबद्ध पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टर्नेसनल कन्सर्न (PHEIC) भन्ने संस्थाले आन्तरिक अनुसन्धान गरी जनवरी ३० सन् २०२० मा एउटा रिपोर्ट जारी ग¥यो । त्यो रिपोर्टअनुसार कोरोना भाइरस अर्थात् कोभिड–१९ विश्वका १९ मुलुकमा फैलिसकेको थियो भने यसबाट प्रभावित हुनेको संख्या ७ हजार ८१८ पुगिसकेको थियो । 

१३ मार्च सन् २०२० मा अनायास साउथ चाइना मर्निङ पोस्टले पुष्टि गर्न नसकिने खबर भनेर एउटा लेख प्रकाशित ग¥यो, जसमा उल्लेख भएअनुसार हुबेई, वुहानमा १७ नोभेम्बेर सन् २०२० मा नै एक ५५ वर्षका व्यक्तिमा पहिलोपटक कोरोना भाइरस देखा परिसकेको थियो । कोरोनाको महामारी चलिरहँदा कोरोना भाइरससम्बन्धी ऐतिहासिक प्रश्न उठ्नु स्वाभाविक हो, त्यसैले यसको ऐतिहासिक तथ्य केलाउनु जरुरी हुन्छ । कोरोना भाइरस पहिलोपल्ट सन् १९३० मा पत्ता लागेको थियो । वैज्ञानिकहरूका अनुसार पहिलोपटक यो भाइरस कुखुरामा देखा परेको थियो, जसले कुखुराहरूको स्वाशप्रश्वास प्रणालीमा संक्रमण गरेको पाइएको थियो । त्यतिखेर संक्रमित कुखुराहरूको मृत्युदर ४० देखि ९० प्रतिशतसम्म पुगेको थियो । 

त्यसपछि मानिसमा संक्रमण गर्ने कोरोना भाइरस अर्थात् (ह्युमन कोरोना भाइरस) पहिलोपटक सन् १९६० मा पत्ता लागेको थियो । कोरोना भाइरसहरू आरएनए (RNA) ग्रुपका भाइरस हुन् । यो रोग स्तनधारी (Mammals) जीवहरू र चरा (Genome) हरूबाट सर्दछ । कोरोना भाइरसको संक्रमण बढ्नेबित्तिकै अनुसन्धानकर्ताले यो नोबल कोरोना भाइरसको जिनोम (न्भलयmभ) लाई मानिसलाई नै संक्रमित गर्ने अन्य सातवटा कोरोना भाइरसहरूको जिनोमसँग तुलना गरेर अध्ययन गरेका थिए । त्यस क्रममा उनीहरूले नोबल कोरोना भाइरस पनि प्राकृतिक प्रक्रियाबाट नै उत्पत्ति भएको फेला पारेका थिए । 

वैज्ञानिकहरूको भनाइमा पृथ्वीमा हालसम्म पत्ता लागेका ३० किसिमका कोरोना भाइरस छन्, जसमध्ये ८ किसिमका कोरोना भाइरसले मानव स्वास्थ्यमा असर पारेको तथ्य पाइएको छ । तर, ती ८ वटा भाइरसमध्ये ४ वटा भाइरसले मानिसमा सामान्य रूपमा आफैँ निको हुने खालको रुघाखोकीको लक्षण देखाउने गरेको र आफँै निको हुने पाइएको छ । सन् २०१९ मा कोरोना भाइरस देखा पर्नुअघि यस्तै प्रकृतिका भाइरस पूर्वी एसियन मुलुक र मध्यपूर्व एसियामा देखा परेका थिए र अहिलेको यो भाइरस पनि यसैको निरन्तरता हो । यहाँ चर्चा गर्न खोजिएको भाइरस चाहिँ severe acute respiratory syndrome coronavirus 2 -SARS-CoV-2_ अर्थात् nCoV-19 हो, यसलाई अहिले विश्व महामारीको रूपमा रोग फैलाइरहेको कोरोना भाइरस भनेर चिनिन्छ । अझ विदेशतिर यसलाई कोभिड–१९ वा नोबल कोरोना भाइरस पनि भनिन्छ । यो भाइरस विश्वमा पहिलोपल्ट चीनको वुहानमा सन् २०१९ को डिसेम्बर महिनामा एकजना माछा व्यवसायीमा देखा परेको विश्वास गरिन्छ । यो भाइरस SARS- CoV नामको कोरोना भाइरससँग ७०५ जेनेटिक समानता पाइएको छ भने चमेरोमा पाइने कोरोना भाइरससँग यसको ९६५ जेनेटिक समानता पाइएको छ । त्यसैले यो भाइरस चमेरोबाट सरेको विश्वास गरिन्छ । तर, अर्काथरी वैज्ञानिकका अनुसार यो भाइरस सालकबाट पनि सरेको हुन सक्ने बताइएको छ, यद्यपि यसको अनुसन्धान भने भइरहेको छ । 

डब्लुएचओका अनुसार कोरोनाको महामारी पूर्ण रूपमा साम्य हुन अरू २ वर्ष कुर्नु पर्नेछ, यद्यपि कोरोना भाइरसको भ्याक्सिन बनेर सो भ्याक्सिन पाउन थालेपछि मानिसमा प्राकृतिक रूपमा रहेको एन्टिबडी र भ्याक्सिनको मद्दतबाट मिल्ने एन्टिबडीको प्रभावबाट रोग आफँै हराएर जानेछ । विश्वका ठूला विभिन्न अस्पताल, विश्वविद्यालय तथा रिसर्च सेन्टरहरूले भ्याक्सिन बनाउने कामलाई तीव्रता दिएका छन् । अमेरिकाको हार्बर्ड, बेलायतको अक्सफोर्ड तथा अमेरिकाकै मोडेर्ना रिसर्च सेन्टरले यो कामलाई तीव्रता दिएका छन् । डब्लुएचओले पनि विश्वका करिब ७७ देशका १४० जनाभन्दा बढी वैज्ञानिकहरूसँग समीपमा रहेर काम गरिरहेको छ । 

अहिले (२९ अगस्ट सन् २०२०), यो लेख तयार पारुन्जेलसम्ममा विश्वका करिब २२७ देश र भूभागमा २ करोड ४५ लाख ८७ हजार ५१३ मानिस कोभिड्–१९ बाट संक्रमित छन् भने ८ लाख ३६ हजार ८२९ जना मानिसको मृत्यु भइसकेको छ । यो रोगलाई जितेर घर फर्किनेको संख्या १ करोड ७१ लाख ३९ हजार ३६ छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार ६७ लाख ९ हजार ४५३ जना मानिस अझै पनि जोखिमपूर्ण अवस्थामा छन् भने ६१ हजार ३८७ जनाको अवस्था चिन्ताजनक छ । यो संख्या त्यो ६७ लाख ९ हजार ४५३ संक्रमित संख्याको करिब १ प्रतिशत मात्र हो, यस हिसाबले हेर्दा पनि कुल २ करोड ४६ लाख ८५ हजार ३१८ संक्रमितबाट मृत्यु हुन सक्ने बिरामीको दर यदि यो वर्षलाई मात्र आधार मान्ने हो भने पनि, अरू ८८ हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना छ । द स्टेट अफ फुड सेक्युरिटी एन्ड न्युट्रिसन इन द वल्र्डद्वारा जुलाई सन् २०२० मा प्रकाशित एउटा रिपोर्टअनुसार सन् २०१९ मा मात्र ६९० मिलियन मानिस भोकमरीमा फसेका थिए । त्यो संख्या सन् २०१८ को भन्दा १० मिलियन बढी हो भने ६० मिलियन मानिस करिब ५ वर्षभित्रमा पोषिलो खाद्यान्न नपाएर कुपोषणमा परेका थिए । विश्व खाद्य कार्यक्रमले जनाएअनुसार कोभिड–१९ ले यो महमारीलाई अझ बढाउनेछ, जसले गर्दा यो वर्ष अर्थात् सन् २०२० को अन्त्यसम्ममा करिब १३० मिलियन मानिस भोकमरीबाट अरू बढी प्रभावित हुनेछन् । 

सन् २०२० फेब्रुअरीमा गरिएको एउटा सर्वेअनुसार ६९० मिलियन मानिस पोषिलो खानेकुराबाट वञ्चित छन् । यो तथ्यांकअनुसार एसियामा ३८१ मिलियन, अफ्रिकामा २५० मिलियन र ल्याटिन अमेरिकासहित क्यारेबियन मुलुकमा ४८ मिलियन मानिस भोकमरीबाट प्रभावित छन् । जनवरी सन् २०२० बाट अगस्ट २०२० सम्ममा भोकमरीबाट पीडित व्यक्ति ७.५ प्रतिशतले बढिरहेका छन् । यही आकडा बढेर जाने हो भने सन् २०३० सम्ममा अफ्रिका महादेशका करिब आधा मानिस भोकमरीबाट प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् । 

युनिसेफको एउटा रिपोर्टअनुसार ३ अर्ब मानिस त्यस्ता स्वास्थ्यवर्धक खानेकुराको पहँुचभन्दा बाहिर छन् । अहिले ५ वर्षमुनिका मात्र १९१ मिलियन बालबालिका कुपोषण, लुला–लंगडा, होचा र अति नै पातला छन् । अरू ३८ मिलियन ५ वर्षभन्दा मुनिकै बालबालिका भने कुपोषणका कारण चाहिने तौलभन्दा बढीका छन् । उता करिब ११२ मिलियन युवाहरू ओबिसिडीजस्ता रोगबाट प्रभावित छन् । ६५ वर्षमाथिका वृद्धवृद्धाहरू विभिन्न रोगले गर्दा कोरोनासँग जुझ्न नसकेर मरिरहेका छन् । महामारीको अप्रत्यक्ष प्रभावले १० लाखभन्दा बढी बालबालिका र ५६ हजार ७०० आमाहरूले ३  महिनाको छोटो अवधिमा नै ज्यान गुमाउनेछन् । नेपालको सन्दर्भमा पनि कोरोनाले मानवीय जीवनलाई धेरै तरिकाले असर गरेको छ । सन् २०२० को अन्त्यसम्ममा नेपालमा रोजगारी गुमाउनेको संख्या करिब २० लाखको हाराहारीमा हुनेछ । 

कोरोना भाइरसको प्रकोप लम्बिँदै जाँदा यसको सबैभन्दा ठूलो असर कृषि, पर्यटन र उत्पादन क्षेत्रमा परेको छ । उत्पादित सामग्रीको ढुवानी र वितरण प्रणालीमा समस्या आउँदा खाद्यान्न उत्पादनमा कटौती भइरहेको छ । नेपालमा करिब ४० वटा जिल्लामा खाद्यान्न अपर्याप्त भइरहेको छ । कर्णाली प्रदेशसहित सुदूरपश्चिमका केही जिल्ला खाद्य जोखिममा छन् । यस महामारीका कारण गाउँमा मात्र होइन, सहरी क्षेत्रमा पनि खाद्य जोखिम बढेको छ भने बहुसंख्यक मानिस भोकमरीको जोखिममा छन् । 

आम्दानीको स्रोत एउटा मात्र भएका मानिसहरू, घरमा खाद्यवस्तु तथा बचत मौज्दात नभएका तथा दैनिक ज्यालादारी गरेर खर्च चलाउनेहरू सबैभन्दा जोखिममा छन् । नेपालको खाद्य असुरक्षा बढेर २३ प्रतिशतमा पुगेको विश्व खाद्य कार्यक्रमको सर्वेक्षणले देखाएको छ । सो रिपोर्टअनुसार १५ प्रतिशत घरधुरीले पर्याप्त खाद्यान्न उपभोग गर्न नपाएको अवस्थामा ८ प्रतिशत बढेर २४ प्रतिशत पुगेको छ । कोरोनाले प्रत्येक १० घरधुरीमध्ये १ मा जीविकोपार्जनका उपाय अवरुद्ध भएको र १० घरधुरीमध्ये ३ मा आयआर्जन घटेको अध्ययनमा देखिएको छ । 

लकडाउनपछि ४३ जिल्लामा निषेधाज्ञा जारी छ । यसको प्रत्यक्ष मारमा अनौपचारिक क्षेत्रका ३० लाख श्रमिक, गरिबीको रेखामुनि रहेका २१ प्रतिशत मानिस र स्वपँुजीमा स–साना उद्योग व्यापार गर्दै आएका करिब ३० लाख उद्यमी परेका छन् । कोरोना भाइरसले पक्कै पनि मानिसहरूलाई आउने दिनमा कसरी यसको सामना गर्ने भन्नेबारे सचेत चाहिँ गराएको छ । सन् २०१४ मा जिरो हंगरले गरेको सर्वेअनुसार ३३ प्रतिशत मानिसले खाना धेर भएर फाल्ने गरेका थिए । अर्कोतर्फ करिब ६३ प्रतिशत मानिस पर्याप्त खाना खान नपाएर कुपोषणको सिकार भएका थिए । यो दर सन् २०१९ मा आउँदा केही घटे पनि कोरोनाका कारण सन् २०२० को मध्यसम्ममा नै यो संख्या धेरै बढ्ने अनुमान गरिएको छ । सन् २००८ मा भएको विश्व खाद्य समस्या (world food crisis) ले १०५ मिलियन मानिसलाई विकराल समस्याको सामना गर्न बाध्य बनाएको थियो भने ३५ लाख मानिसले ज्यान गुमाएका थिए । यसको असर नेपालमा पनि परेको थियो । त्यस समयमा नेपालका ४९ वटा जिल्लामा खद्यान्नको अभाव भएको थियो भने विश्व खाद्य कार्यक्रमलगायत अरू सातवटा आइएनजिओले खाद्यान्न वितरणमा नेपाल सरकारलाई सघाएका थिए । अहिले यो अवस्था झन् विकराल हुँदै गइरहेको छ ।

कोभिड–१९ महामारीले यी संकटलाई बढावा दिएपछि तीव्र भोकले पीडित व्यक्तिहरूको संख्या २६५ बाट बढेर यो वर्षको अन्त्यसम्ममा दोब्बर हुनेछ । ग्लोबल एलायन्स फर इम्प्रोभ्ड पोस्टिसनको एक अनुमानअनुसार थप ३०० मिलियन मानिस पोषकतत्वको अभावमा रहेका छन् । स्वस्थ रहनका लागि पर्याप्त मात्रामा भिटामिन र खनिजहरूको अभाव छ । निःसन्देह कोरोना भाइरसले वैश्विक र राष्ट्रिय अर्थव्यवस्था भंग गरेर भोकमरीमा समाजलाई धकेल्छ । महामारीको सबैभन्दा ठूलो क्षतिको महसुस कम आय भएका देशमा या अल्पविकसित मुलुकमा हुनेछ । गाम्बिया, जोर्डन, हाइटी, पाकिस्तान, बंगलादेश, भारत र नेपालजस्ता विकासोन्मुख देश, जहाँ मानिसहरू मुख्यतया कृषि तथा पर्यटनमा निर्भर छन्, र थुप्रै आप्रवासीले स्वदेश पठाएको रेमिट्यान्सले जिडिपीको महत्वपूर्ण प्रतिशत बनाउँछ, त्यस्ता देश कोरोना भाइरससँग नराम्रोसँग जुधिरहेका छन् । राष्ट्रिय लकडाउनले पहिले नै यी क्षेत्रमा धेरै कामदारको आम्दानी घटाएको छ । यी प्रतिबन्धलाई विस्तार गर्नाले अझ बढी क्षति हुनेछ, त्यसैले सर्वसाधारण मानिसको दैनिक जीवनलाई हेरेर सरकारले नयाँ शैली अपनाउनु जरुरी देखिन्छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएअनुसार सन् २०२० मा विश्व संकट २.८ प्रतिशतले गिरावट आएको छ, जुन २००९ को आर्थिक संकटको अवधिमा ०.१ प्रतिशतले घटेको थियो । विकासोन्मुख देशमा लाखौँ मिहिनेती साना व्यवसायी, होटेल, पसल, टुर गाइड र ट्याक्सी चालकले आफ्नो जीवनयापन र आफ्नो परिवारलाई टेवा दिन सक्ने आफ्नो क्षमता गुमाइसकेका छन् । यी देशका सरकारले केही सहयोगका साथ त्यस्ता परिवारलाई अगाडि पुग्न मद्दत पु¥याउन पैसा खर्च गर्न सक्छन् । उदाहरणका लागि, डब्ल्युएफपी, युएनडिपी, डब्लुएचओलगायतले अल्पविकसित मुलुकका सरकार या संक्रमणकालीन सरकारसँग मिलेर काम गरिरहेका छन् । 

नेपालको सन्धर्भमा गरिबी र भोकमरी हटाउन मद्दत गर्नका लागि सामाजिक संरक्षणमा सार्वजनिक लगानी मात्र नभई प्रत्यक्ष लगानीमार्फत र कृषि, साना उद्योग, पर्यटन, जलस्रोतजस्ता क्षेत्रमा सार्वजनिक–निजी साझेदारीको माध्यमबाट निजी व्यवसायबाट अझ ठूलो कार्य गर्न आवश्यक हुनेछ । डब्ल्युएफपी, संयुक्त राष्ट्र खाद्य र कृषि संगठन, र कृषि विकासका लागि संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय कोषको संयुक्त अध्ययनले ०२० सम्ममा गरिबी र भोकमरी हटाउन सक्ने अनुमानित विश्व आयको ०.३ प्रतिशतले मात्र प्रतिवर्ष २५० अर्ब डलरको लगानी गणना गरेको थियो । तर, कोरोना भाइरसका कारण यो कार्य सम्भव भएन । नेपालमा समेत यी संस्थाले ६० मिलियन डलर खर्च गर्ने लक्ष्य लिएका थिए । अझै पनि नेपाल सरकारले विदेशी दाताबाट आउने यो रकम सोझै नेपाल सरकारले लिएको सामाजिक लक्ष्यसँग जोड्ने योजनामा राखेर नेपाल सरकारले नै खर्च गर्नु उचित हुन्छ । पढे–लेखेका र सक्षम युवालाई रोजगारीको अवसर सिर्जना गर्ने तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर कार्यक्रममा प्रोत्साहन गरी कृषि तथा दिगो घरेलु विकासमा जोड दिनु आजको आवश्यकता देखिन्छ ।
 
 

सुझावित समाचार