काठमाडौं/ रोजगारीका लागि सर्बिया पठाउने नाममा एक व्यक्तिबाट ३० लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ परेका छन्।
गोरखाको आरुघाट– १० स्थायी ठेगाना भई काठमाडौं– १६ बस्ने रोशन खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
खड्काले आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि सर्बिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ।
बुधबार ललितपुर– २८, हरिसिद्धिबाट पक्राउ परेका उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।