काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा साँझ साढे ४ बजेसम्म साढे चार हजारभन्दा बढी मत खसेको छ। कांग्रेस निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा जारी मतदानमा चार हजार ५७५ मत खसेको हो।
पछिल्लो विवरणअनुसार बागमतीमा एक हजार ६३, मधेशमा ७९०, लुम्बिनीमा ७०० र गण्डकीमा ६५१ मत खसेको छ। त्यस्तै, कर्णाली र जनसम्पर्क समितिबाट ४९१ तथा सुदूरपश्चिम प्रदेशबाट ४५० मत खसेको छ। कोशी प्रदेशको मतदान विवरण संशोधन गरी ४३० मत कायम गरिएको छ। सबै प्रदेश तथा समूहको विवरण जोड्दा कुल चार हजार ५७५ मत खसेको छ।
यसैगरी, मतदानका लागि यसअघि तोकिएको समय साँझ ५ बजेलाई बढाएर ७ बजेसम्म पुर्याइएको छ।