काठमाडौं/ प्रहरीले २० केजीभन्दा धेरै सुनसहित चिनियाँलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंको बुढानीलकण्ठबाट तस्करीको सुन बरामद गरेको हो।
तस्करी गर्ने दुई चिनियाँ नागरिक र उनका केही सहयोगीसमेत पक्राउ परेको स्रोत बताउँछ। ‘२० केजीआसपास सुन बरामद भएको छ, केही व्यक्ति नियन्त्रणमा छन्,’ कार्यालयका एक अधिकारीले भने। विभिन्न सामानभित्र लुकाएर ल्याएको सुन पगालेर ढिक्का बनाई उनीहरूले बेच्ने गरेको प्रहरी स्रोत बताउँछ।
शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी कार्यालयले विस्तृत जानकारी दिने तयारी गरेको छ।