काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत निर्वाचन व्यवस्थापनका विषयमा निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार निर्वाचन व्यवस्थापन तथा निर्वाचन प्रक्रियाका विषयमा आवश्यक छलफल गर्न आज बिहान ११:३० बजे सबै उम्मेदवारलाई निर्वाचन कार्यालयमा बोलाइएको छ।
निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र सहज रूपमा सम्पन्न गर्ने विषयमा उम्मेदवारहरूसँग छलफल गरिने सदस्यसचिव कटुवालले जानकारी दिए। छलफलमा निर्वाचन कार्यक्रम, मतदान व्यवस्थापन, उम्मेदवार तथा प्रतिनिधिका लागि आवश्यक व्यवस्थालगायतका विषयमा समेत कुराकानी हुने बताइएको छ।