४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ ४६ लाख ३७ हजार रुपैयाँबराबरकाा विभिन्न ६ देशका मुद्रासहित त्रिभुवन विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्। मंगलबार राति सवा ८ बजेतिर क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय सोलाङलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो।

नियमित सुरक्षा चेकजाँचका क्रममा उनको साथबाट तथा लगेजबाट नेपालीसहित विभिन्न देशका मुद्रा फेला परेको प्रहरीले जनाएको छ। ११ लाख ८६ हजार नेपाली रुपैयाँसहित उनको साथबाट ५१ हजार ७९० चिनियाँ युआन, पाँच हजार ९६५ अमेरिकी डलर, ४९ हजार ९९० हङकङ डलर, दुई हजार ६० युरो र ५० अस्ट्रेलियन डलर बरामद भएको छ।

बरामद रकमको स्रोत तथा प्रयोजन सम्बन्धमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हरिहर भवन पठाइएको छ।

सुझावित समाचार