वैदेशिक रोजगार विभागले माग्यो कानुनी सहायता अधिकृत

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

वैदेशिक रोजगार विभागले करार सेवामा रहने गरी दुईजना कानुनी सहायता अधिकृत मागेको छ । कानुनमा स्नातक गरी बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएको र दुई वर्षको कार्यअनुभव भएको व्यक्तिलाई आवेदन दिन विभागले सूचना जारी गरेको छ ।

विभागले वैदेशिक रोजगारका क्षेत्रका उजुरी लिने र कारबाही प्रक्रिया अघि बढाउने विषयमा काम गर्न कानुनी सहायता अधिकृत माग गरेको जनाएको छ । ‘वैदेशिक रोजगारसँग सम्बन्धित गुनासोको व्यवस्थापन तथा न्याय सम्पादनको कार्यलाई छिटो–छरितो रूपमा सम्बोधन गर्न र वैदेशिक रोजगारका नाममा ठगीमा परेका पीडितलाई कानुनी परामर्श तथा सहायता प्रदान गर्न दुईजना अधिकृतमा मागिएको’ विभागले सूचनामा उल्लेख गरेको छ ।

सुझावित समाचार