महाधिवेशनका लागि नेपाली कांग्रेसद्वारा विभिन्न समितिहरू गठन

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

१५औँ महाधिवेशनका लागि नेपाली कांग्रेसले विभिन्न समितिहरू गठन गरेको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय निर्देशक समिति र अन्य समितिहरू गठन गरिएको छ । 

सभापति नेतृत्वको केन्द्रीय निर्देशक समितिमा ११ सदस्य र एक सदस्यसचिव राखिएको छ । 

आर्थिक व्यवस्थापन समितिको जिम्मेवारी कोषाध्यक्ष उमेश श्रेष्ठलाई दिइएको छ । प्रचार समितिको संयोजकमा देवराज चालिसे, सचिवालय व्यवस्थापन समितिको सभापतिमा उदयशमशेर जबरा, अतिथि सत्कारमा डिला संग्रौलालाई जिम्मेवारी दिइएको छ । 

सुझावित समाचार