मध्यपश्चिम विश्वविद्यालयले भोटेकोशी बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । विश्वविद्यालयले ५४ लाख ४८ हजार दुई सय ८९ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
विश्वविद्यालयमा कार्यरत सम्पूर्ण पदाधिकारी, प्राध्यापक तथा कर्मचारीबाट एकमुस्ट संकलन गरिएको सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उपकुलपति ई. डा. राजन सुवालले बताए ।
विश्वविद्यालयका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै सहयोग रकम कोषमा जम्मा गरिएको जानकारी दिए।