भारी वर्षाको जोखिमपछि विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

भारी वर्षाको पूर्वानुमानपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै विद्यालय दुई दिन बन्द गर्न आग्रह गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले असोज ८ र ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालय बन्द गर्न विद्यालय प्रशासनसँग आग्रह गरेको हो ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार जल तथा मौसम विज्ञान विभागबाट प्राप्त मौसम पूर्वानुमानअनुसार असोज ८ देखि ११ गतेसम्म देशभर भारीदेखि अतिभारी वर्षा हुन सक्ने सम्भावना रहेकाले जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्न आग्रह गरिएको हो ।

भारी वर्षाका कारण स्थानीय खोलानाला तथा नदीमा पानीको बहाब बढ्न सक्ने, सडक तथा बस्तीमा डुबान हुन सक्ने र बाटोघाटो अवरुद्ध हुन सक्ने जोखिम रहेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले विद्यालयका सुरक्षित भवनलाई आवश्यकताअनुसार विपत् प्रभावित नागरिकका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ।

सुझावित समाचार