काठमाडाैंबाट १५ वर्षीय बालक हराए, खोजिदिन परिवारको आग्रह

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौंबाट १५ वर्षीय बालक हराएका छन्। गोकर्णेश्वर– ५ स्थित टाइमलाइन स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय मुमेन श्रेष्ठ असोज ४ गतेदेखि सम्पर्कविहीन छन्। 

बिहान ६:३० बजे गोठाटारको पहेँलोपुलआसपासबाट उनी सम्पर्कविहीन भएको परिवारले जनाएको छ। उनको खोजीका लागि परिवारले निवेदन दिएको छ। साथै, खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ। 

सुझावित समाचार