गोदरेज एप्लायन्सेसले दसैँ, तिहार तथा छठ पर्वलाई विशेष बनाउन उत्सव योजना ‘मनैदेखि वाउ’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत गोदरेजका रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, भिसी कुलर, डिप फ्रिजर तथा एयर कुलरलगायतका उत्पादन खरिद गर्दा उपभोक्ताले विभिन्न उपहार, क्यासब्याक तथा सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो विशेष उत्सव योजना २६ भदौदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, टप लोड वासिङ मेसिनमा ४ केजी तथा ट्विन टब वासिङ मेसिनमा २ केजी सर्फ एक्सेल नि:शुल्क उपलब्ध हुनेछ ।
त्यस्तै, एयर कन्डिसनर खरिदमा नि:शुल्क इन्स्टलेसनको सुविधा पाइने कम्पनीले जनाएको छ । यसका साथै उपभोक्ताले २८ हजार पाँच सय रुपैयाँसम्मको क्यासब्याक, नि:शुल्क डेलिभरी, शून्य प्रतिशत ब्याजदरमा इएमआई तथा एक्सचेन्ज सुविधा पनि प्राप्त गर्न सक्नेछन् । गोदरेजका फ्रन्ट लोड वासिङ मेसिनमा चार वर्षको कम्प्रिहेन्सिभ वारेन्टी उपलब्ध हुने बताइएको छ ।
कम्पनीका अनुसार ‘मनैदेखि वाउ’ योजना उपभोक्ताको आवश्यकता तथा चाडपर्वलाई ध्यानमा राखेर ल्याइएको हो । योजनामार्फत चाडपर्वका अवसरमा आधुनिक घरेलु उपकरण खरिदलाई सहज बनाउने उद्देश्य राखिएको जनाइएको छ ।
नेपालमा गोदरेजका उत्पादन चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले उपलब्ध गराउँदै आएको छ । उत्पादनहरू नेपालभरका सिजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, सोरुम तथा सिजी डिजिटल प्लाटफर्ममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।