कृषि वन तथा पर्यावरण मन्त्रालयले ल्याएको ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ।
संक्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्दै पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य संरक्षण गर्ने उद्देश्यसहित मन्त्री गीता चौधरीले पेस गरेको विधेयक सभाबाट पारित भएको हो।
विधेयकले संक्रामक पशु रोगबाट हुन सक्ने क्षति न्यूनीकरण, रोग नियन्त्रणमा संघ, प्रदेश र स्थानीय तहबिच समन्वय तथा पशु तथा पशुजन्य पदार्थको सुरक्षित व्यापार प्रवर्द्धनका लागि कानुनी आधार तयार गर्नेछ।