एनआइसी एसिया र आइएमई हस्पिटालिटीबिच छुट सम्झौता

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंक लिमिटेड र आइएमई हस्पिटालिटीबिच बैंकका ग्राहकलाई विभिन्न स्थानमा रहेका होटेल तथा केबलकार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजनलाल अमात्य र आइएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले हस्ताक्षर गरेका हुन् ।

यसअनुसार बैंकका ग्राहकले आइएमई हस्पिटालिटीअन्तर्गत विभिन्न ठाउँमा सञ्चालनमा रहेका होटेल तथा केबलकारमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । यो छुट इला होटेल्स एन्ड रिसोर्ट, मौलाकालिका, इला कम्फर्ट, बागलुङ, इला कम्फोर्ट, हर्कपुर र सेक एन्ड फेङ रेस्टुरेन्ट, लाजिम्पाटमा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, मौलाकालिका केबलकार र लुम्बिनी केबलकारमा सेवा लिँदा पनि उक्त सुविधाको उपयोग गर्न सकिने बताइएको छ । ग्राहकले यस बैंकको मोबाइल बैंकिङ सेवा, डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा उपभोग गर्न पाउनेछन् । आइएमई हस्पिटालिटीसँगको सहकार्यले ग्राहकलाई छुट सुविधाका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

सुझावित समाचार