अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका–२, आँपटारीबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय, चितवनको संयुक्त प्रहरी टोलीले २५ वर्षीय कथ्राम नितिनलाई पक्राउ गरेको हो।
प्रहरीले मोबाइल सेट २६ थान, ल्यापटप २ थान, एनसेलको सिमकार्ड ७७ थान, एनटिसी सिमकार्ड १८ थान, सिपियू ४ थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, युएसबी २० पोर्ट ६ थान, युएसबी सेलुलर मोडम ३३, युएसबी ओटिजी टू अडियो केबल ३० थान, ५ पोर्टको नेटवर्क स्विच १ थान, इन्टरनेट राउटर २ थान र विभिन्न प्रकारका डेटा केबलहरूसमेत बराबद गरेको छ।
दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसुरमा पक्राउ परेका युवकमाथि जिल्ला प्रहरी कार्यालय चितवनमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।