परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबिच भेटवार्ता

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छिन्। संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट गरेकी हुन्।

भेटका क्रममा नेपाल–संयुक्त राष्ट्रसंघबिचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको बताइएको छ।

सुझावित समाचार