राप्रपा कञ्चनपुरको अध्यक्षमा खत्री

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरको अध्यक्षमा केशवबहादुर खत्री चयन भएका छन्। बुधबार महेन्द्रनगरमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले अध्यक्षमा खत्रीलाई सर्वसम्मत चयन गरेको हो। खत्री दोधाराचाँदनी नगरपालिका– ५ का वडाध्यक्षसमेत हुन्।

सदस्यहरूमा कैलाश भट्ट, हरिचन्द्र भट्ट, भगीरथ भट्ट, माया रावल, हेलेन श्रेष्ठ, ठगसिंह धामी, नन्दा खत्री, धनसिंह धामी, केशवराज जोशी, दिलबहादुर नाथ, गोविन्दसिंह ऐर, उपदेश सिंह, सुरेन्द्र कुँवर, गंगा कठायत, वीरसिंह साउद, कल्लु राना, सुरेन्द्रराज घिक्त, प्रकाशदत्त भट्ट, नरबहादुर सिंह, सुकमान सुनार, सूर्यबहादुर शाही, प्रेमसिंह साउद र छज्जु राना चयन भएका छन्।

नवनिर्वाचित जिल्ला अध्यक्ष खत्रीले जिल्लामा राप्रपालाई स्प्रिडमा लग्ने योजना रहेको बताए। ‘राप्रपामा बुढापाका मात्रै हुन्छन् भन्ने भ्रम मेरो नेतृत्वले चिरेको छ,’ उनले भने, ‘राप्रपा अब युवा पुस्ताको काँधमा आएको छ।’

राप्रपा कञ्चनपुरको नेतृत्व पाएसँगै उनले आगामी निर्वाचनमा राप्रपालाई सफलताको शिखरमा पुर्याउने प्रतिबद्धता गरे। साथै, जिल्ला कमिटीलाई एकढिक्का बनाएर अघि बढाउने उनको संकल्प छ।

सुझावित समाचार