भारतबाट तस्करी गरेर ल्याइएका सात हजार कुखुराका चल्ला बरामद

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

भारतबाट अवैध रूपमा तस्करी गरेर ल्याउँदै गरेको ब्रोइलर कुखुराका सात हजार चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ। मोरङको सुनबर्सी नगरपालिका– ८, हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी सिक्टी बिओपीले बुधबार बिहान १४ जनाले बोकेर ल्याउँदै गरेको अवस्थामा कुखुराका चल्ला बरामद गरेको हो।

चल्ला तस्करी गरेर ल्याउँदै गरेका मानिस भने प्रहरीलाई देखेपछि फरार भएका बताइएको छ। बरामद भएका करिब सात लाख मूल्यबराबरका १४० वटा कार्टुनमा रहेका चल्ला बर्डफ्लु नियन्त्रण समितिको रोहवरमा नष्ट गरिने सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङले जनाएको छ।

भारतबाट कुनै पनि पक्षी वा पक्षीजन्य पदार्थहरू आयात गर्न पूर्ण प्रतिबन्ध छ। तर, भारतमा सस्तो मूल्यमा पाइने भएकाले चल्ला, कुखुरादेखि मासुसम्म अवैध ओसारपसार हुँदै आएको छ।
 

सुझावित समाचार