प्रविधि कम्पनीले साओमी नेपालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले उक्त रकमबराबरको चेक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेशकुमार मद्रा र साओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईलगायत उपस्थित थिए ।
कम्पनीले विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार तथा पुनर्स्थापनाका लागि भइरहेका सरकारी प्रयासमा आफ्नोतर्फबाट सहयोग पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको भन्दै कम्पनीले मानवीय सहयोगस्वरूप उक्त रकम प्रदान गरेको जनाएको छ ।