बाढीपीडितलाई सिद्धार्थ सार्वजनिक यातायातको पाँच लाख सहयोग

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

सिद्धार्थ सार्वजनिक यातायात प्रालि भैरहवाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख ५०५ रुपैयाँ सहयोग प्रदान गरेको छ।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको सिद्धार्थ सार्वजनिक यातायातका अध्यक्ष सञ्जीव रोक्काले जानकारी दिए।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाएको हो।

बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले विपतको यस घडीमा सबै पक्षलाई राहत तथा उद्धारमा सहयोग गर्न आग्रह गरेको छ।
 

सुझावित समाचार