सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘ड्राइभिङ हाई भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा थियो । गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालू आर्थिक वर्षका बजेट, रणनीतिक कार्ययोजना एवं प्राथमिकतामा छलफल गरिएको बताइएको छ ।
यसअघि नै बैंकले बागमतीमा ‘लिडिङ फ्रम द फ्रन्ट : स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम ः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम गरिसकेको छ । त्यसैको निरन्तरतास्वरूप मधेशमा पनि कार्यक्रम गरिएको बैंकले जनाएको छ । अरू प्रदेशमा कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार गत आर्थिक वर्ष ०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ । साथै, निक्षेप संकलन पनि ९.२२ प्रतिशतले दुई खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ । त्यस्तै, बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर दुई अर्ब नौ करोड ८६ लाख पुगेको छ ।