गृहमन्त्री सुधन गुरुङ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय पुगेर विपत् व्यवस्थापनसम्बन्धी जानकारी लिएका छन्। आइतबार उनले हलचोकमा विपत् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री एवं उपकरणहरूको अवलोकन तथा निरीक्षण गरे।
निरीक्षणको क्रममा उनले विपत् व्यवस्थापनसम्बन्धी तयारी, स्रोतसाधनको उपलब्धता, उद्धार क्षमता एवं प्रभावकारी परिचालनका विषयमा जानकारी लिई आवश्यक निर्देशन दिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको मुख्य जिम्मेवारी सीमा सुरक्षा र विपत् व्यवस्थापन हो। सरकारले सशस्त्रलाई विपत् व्यवस्थापनमा सोहीअनुसार सशक्त बनाउनुपर्ने माग हुँदै आएको छ।
