प्रधानमन्त्री दैवीप्रकाेप उद्धार कोषमा १३ अर्ब २३ करोड मौज्दात

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री दैवीप्रकाेप उद्धार कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि कोषमा रकम जम्मा गर्न सरकारले आह्वान गरेको थियो।

कोषमा जम्मा भएको उक्त रकममध्ये नाैवटा वाणिज्य बैंकका खाताहरूमा नाै अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै, दुईवटा वाणिज्य बैंकमा दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। 

बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो।

सुझावित समाचार