स्वास्थ्य बिमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ।

बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका ३८३ वटा स्वास्थ्य संस्था तथा अस्पताललाई स्वीकृत दाबीबापत उक्त रकम भुक्तानी गरेको हो। भुक्तानी पाउने संस्थामा विभिन्न जिल्लाका सरकारी, निजी तथा सामुदायिक अस्पताल रहेका छन्।

बोर्डका अनुसार स्वीकृत दाबी रकममध्ये भुक्तानी हुन बाँकी रहेको वैशाखसम्मको रकम सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पतालको बैंक खातामा पठाइएको हो।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितलाई सेवा प्रदान गरेबापत स्वास्थ्य संस्थाले पेस गरेकाे दाबीको प्रक्रिया पूरा गरी बोर्डले स्वीकृत रकम भुक्तानी गर्दै आएको छ।

सुझावित समाचार