माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारणसभाबाट लाभांश पारित गरिएको छ । क्यापिटलको बुधबार सम्पन्न सभाले चुक्ता पुँजीको सात प्रतिशत अर्थात् करसहित दुई करोड त्रिचालिस हजारबराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभा संस्थाका सञ्चालक समिति अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा भएको थियो । प्रमुख अतिथिका रूपमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइराला उपस्थित थिए ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ । त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पनि पारित भएको छ ।
अध्यक्ष न्यौपानेले सम्पूर्ण सेयरधनी, नियामक निकाय, विभिन्न साझेदार संस्था, सेयरधनीप्रति आभार व्यक्त गरे । उनले कम्पनी आगामी दिनमा अझ सुदृढ, सक्षम र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढ्ने विश्वास दिलाए । सिइओ कोइरालाले गत आर्थिक वर्षका प्रमुख उपलब्धि, सामना गरिएका चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।