भोटेकोशी बाढीमा बेपत्ता हसानका परिवारलाई राहत वितरण

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण बेपत्ता भएका महोत्तरीको जलेश्वर नगरपालिका– ७, महादेवपट्टीनिवासी हसान रेजा अन्सारीको परिवारलाई युवाहरूको टोलीले खाद्यान्न सामग्री वितरण गरेको छ।

जलेश्वरका युवाहरूले चन्दा संकलनबाट उठेको रकमले हसानका परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो। सुमन चौधरीको नेतृत्वमा राहुल शर्मा, शिवम झा, विवेक चौधरी, प्रशान्त झा, आकेश पासवान, संजय मण्डल, शिवली अन्सारीलगायतले चन्दा संकलनमार्फत पीडित परिवारलाई राहत वितरण गरेको हो।

युवाहरूले राहत वितरणलाई निरन्तरता दिने बताएका छन्। भोटेकोशी बाढीमा महोत्तरीबाट हसानसहित ९ जना अझै सम्पर्कविहीन छन्।

सुझावित समाचार