काठमाडौं आइपुगिन् कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिन

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिन काठमाडौं आइपुगेकी छिन्। बोल्डिन मंगलबार ढाकास्थित अमेरिकी दूतावासबाट काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

उनी ढाकामा सन् २०२४ को अगस्टदेखि नियोग उपप्रमुखका रूपमा कार्यरत थिइन्। ‘मेगनले आगामी केही महिना कार्यवाहक अमेरिकी राजदूतका रूपमा प्रतिकार्यमा सघाउनुका साथै नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकहरूको मद्दतमाथि केन्द्रित हुँदै नियोग उपप्रमुख स्कट अर्बमसँगको सहकार्यमा प्रतिकार्य र पुनर्लाभमा सहयोग गर्ने यस दूतावासका कार्यको नेतृत्व गर्नुहुनेछ,’ दूतावासले भनेको छ।

वरिष्ठ परराष्ट्र सेवाको करिअर सदस्य रहेकी मेगनसँग संकट व्यवस्थापन, कूटनीति र नेतृत्वसम्बन्धी अनुभव रहेको दूतावासले जनाएको छ। उनले युक्रेन, इराक, बंगलादेश र वासिङ्टनस्थित अपरेसन्स सेन्टरलगायतमा काम गरेकी छिन्।

सुझावित समाचार