प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा वर्ल्डलिंकको एक करोड एक लाख

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. एक करोड एक लाख सहयोग प्रदान गरेको छ ।

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेका छन् । विपतकाे यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले वर्ल्डलिंकले उक्त रकम प्रदान गरेको जनाएको छ । 

वर्ल्डलिंकका लागि यो सहयोग केवल व्यावसायिक क्षेत्रसँग जोडिएको कुनै गतिविधि होइन, मानवीयता र राष्ट्रप्रतिको जिम्मेवारीबाट गरिएको सहयोग हो । देशका नागरिक समस्यामा परेका वेला आफू पनि प्रभावित हुँदाहुँदै उनीहरूको साथमा उभिनुपर्छ भन्ने मान्यताका साथ कम्पनीले यो सहयोग गरेको हो,’ वर्ल्डलिंकले भनेकोछ । 

हालैको बाढीबाट वर्ल्डलिंकले नेटवर्क तथा पूर्वाधारमा करिब रु. ३.५ करोडबराबरको क्षति व्यहोरेको, तर आफ्नै संरचनामा ठुलो क्षति भए पनि वर्ल्डलिंकले ग्राहक तथा नागरिकलाई इन्टरनेट सेवाबाट लामो समयसम्म वञ्चित हुन नदिन बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनर्स्थापना गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

विपतकाे समयमा कम्पनीले आफ्नै पूर्वाधारमा ठुलो क्षति व्यहोरेको अवस्थामा पनि रु. एक करोड एक लाखको आर्थिक सहयोग गर्नुले संकटको समयमा मानवीय संवेदनालाई प्राथमिकता दिएको जनाएको छ । 

सुझावित समाचार