अधिवेशनमा जुट्यो बुटवल उद्योग वाणिज्य संघ

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

आगामी २१–२३ सम्म तोकिएको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनका लागि बुटवल उद्योग वाणिज्य संघले विभिन्न कार्यसमिति गठन गरी जिम्मेवारी पनि निर्धारण गरेको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले विभिन्न १० वटा तयारी समिति गठन गरेको हो ।

कृष्णप्रसाद पाण्डेलाई प्रस्ताव लेखन, गणेशप्रसाद भट्टराईलाई किटब्याग व्यवस्थापन तथा रजिस्ट्रेसन, विष्णु घिमिरे पन्त (कमला)लाई सदस्यता मत सर्वेक्षण, रेनु श्रेष्ठलाई स्वागत तथा सत्कार, रामबहादुर भण्डारीलाई खाना तथा जलपान व्यवस्थापन, दीपक चापागार्इंलाई निमन्त्रणा कार्ड व्यवस्थापन, उमेश अमात्यलाई हल तथा मञ्च व्यवस्थापन र टीकाराम बन्जाडेलाई पार्किङ व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । जिम्मेवारी पाउने सबै कार्यसमिति सदस्य हुन् ।

त्यसैगरी, संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मूल्यांकन र पूर्वअध्यक्ष खिमबहादुर हमाललाई उत्कृष्ट उद्योगी–व्यवसायी मूल्यांकन संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकले अधिवेशन सम्पन्न गर्नका लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता माधव घिमिरे र अधिवक्ता गोविन्द मरासिनीलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ ।

सुझावित समाचार