प्युठानको काइया राष्ट्रिय वनबाट नाै थान अवैध हतियार बरामद

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

प्युठानको नौबहिनी गाउँपालिका– ३, सिद्धाथान एराबाङस्थित काइया राष्ट्रिय वनबाट नाै थान अवैध हतियार बरामद गरिएको छ।

वन क्षेत्रमा बेवारिसे अवस्थामा स्याउलाले छोपेर राखिएका हतियार फेला परेका हुन्। बरामद भएकामा तीन थान साबुत भरुवा बन्दुक, तीन थान नाल र थप तीन थान भरुवा बन्दुक रहेका छन्।

प्रहरीका अनुसार वन क्षेत्रमा बेवारिसे अवस्थामा रहेका ती हतियार नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न व्यक्ति तथा हतियार वन क्षेत्रमा कसले र किन राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

बरामद गरिएका सबै हतियार अवैध रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने बताइएको छ।

सुझावित समाचार