विपतको वेला जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न प्रेस काउन्सिलको निर्देशिका

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालले पत्रकार तथा सञ्चारमाध्यमका लागि ‘विपतका वेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ जारी गरेको छ।

निर्देशिकाले विपतको समयमा सही र विश्वसनीय सूचना प्रवाह, अफवाह तथा मिथ्या सूचना नियन्त्रण, उद्धार–राहतसम्बन्धी जानकारी सम्प्रेषण तथा पीडितको गोपनीयता र मानवीय मर्यादा संरक्षणमा जोड दिएको छ।

साथै, सार्वजनिक निकायको जवाफदेहिता र प्रभावित समुदायको पुनर्स्थापनामा सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ। पत्रकार आचारसंहिता, २०७३ को दफा ४(११) मा समेत विपतसम्बन्धी समाचार सम्प्रेषण गर्दा मानवीय संवेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य र सामाजिक सद्भावप्रति विशेष संवेदनशीलता अपनाउनुपर्ने व्यवस्था छ।

सुझावित समाचार