भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका जोशीको कुशको शव बनाएर अन्त्येष्टि

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

गत १० भदौमा भोटेकोशी, त्रिशूलीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कञ्चनपुरका एक स्थानीयको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। रसुवा भन्सारमा कार्यरत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरीका नरेश दत्त जोशीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो। 

शनिबार महाकाली नदीमा घर परिवार एव आफन्तले कुशको शव बनाएर अन्त्येष्टि गरिएको जनाएका छन्। नरेशका छोरा दीपेश जोशीले दागबत्ती दिएका थिए। बेपत्ता भएको १० दिनसम्म फेला नपरेपछि घर परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन्। जोशी बेपत्ता भएपछि भन्सार विभागकै सहयोगमा घर परिवार खोजीका लागि घटनास्थल पुगेका थिए। 

सुरुकै दिनदेखि बेपत्ता सूचीमा रहेका जोशीको खोजीका लागि घर परिवार आफन्तले प्रयास गरे पनि नभेटिएपछि हिन्दु धार्मिक परम्पराअनुरूप कुशकै शव बनाएका थिए। जोशीसँगै भोटेकोशी, त्रिशूली बाढीमा कञ्चनपुरका २८ अझै घर परिवारको सम्पर्कमा आएका छन्। कञ्चनपुर घर भएका सेना, प्रहरी, निजामतीदेखि जल विद्युत् आयोजनामा कार्यरत नागरिक सम्पर्कबिहिनै छन्। दुई घाइते भएका थिए, घाइतेहरूको काठमाडाैंमा उपचार भइरहेको छ। सुरुवाती दिनमा सम्पर्कमा नआएका ३९मध्ये ८जना आएका थिए। डेढ साता बितिसक्दा पनि आफन्त सम्पर्कमा नआएपछि घर परिवार शोकाकुल भएका छन्। 
 

सुझावित समाचार