विद्युत् प्राधिकरण इटहरीका इन्जिनियर घुससहित पक्राउ

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणको इटहरी वितरण केन्द्रका इन्जिनियर ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले सातौँ तहका इन्जिनियर कृष्णनारायण यादवलाई पक्राउ गरेको हो।

यादवले गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडान गर्नका लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ। अख्तियारले उनको साथबाट स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँसमेत बरामद गरेको छ।

इटहरी–९ बाट बुधबार पक्राउ परेका यादवलाई बिहीबार विशेष अदालतबाट म्याद थप गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ।

सुझावित समाचार