रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा नियमित

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका केही क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको विद्युत् प्राधिकरणले जनाएको छ । यसैगरी, गोसाईँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाईँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ ।

बाढीबाट विद्युत् संरचनामा क्षति पुगेपछि प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबिच प्राधिकरणका प्राविधिक टोलीले मर्मत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिएका थिए ।

प्राविधिक टोलीको निरन्तर प्रयासपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापित भएसँगै स्थानीय बासिन्दाको दैनिक जनजीवनमा केही सहज भएको छ । प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्ने जनाएको छ ।

सुझावित समाचार