आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सो रकम जम्मा गरेको हो।
सरकार र विभिन्न संघसंस्थाहरूले गरेको सार्थक पहलप्रति ऐक्यबद्धता जनाउँदै उद्धार तथा राहतमा सहयोग गरेको जनाएको छ। संस्थाले यस विषम परिस्थितिका कारण ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।