आज गाईजात्रा पर्व (तस्बिरहरु)

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिएकाे छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी आ–आफ्ना क्षेत्रमा परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । शनिवार बिहानैदेखि काठमाडौंको बसन्तपुर क्षेत्रमा गाईको पहिरनमा दिवंगत आफन्तको फोटो सहित नगर परिक्रमा गरेर गाईजात्रा मनाइँदै छ । 

हेर्नुस् केही तस्बिरहरु : 

सुझावित समाचार