अर्को बाढीबारे सरकारका प्रवक्ता– तत्काल ड्याम फुटेको छैन, सतर्क रहनू

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण
अर्को बाढीबारे सरकारका प्रवक्ता– तत्काल ड्याम फुटेको छैन, सतर्क रहनू

फाइल तस्बिर

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले चीनतर्फ बाँध फुटेको नभई ग्ल्यासियर (हिमनदी) ओभरफ्लो भएर नेपालतर्फ बाढी आएको बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले तत्काल आत्तिनुपर्ने अवस्था नरहे पनि सतर्क रहन आग्रह गरेकाक छन्।

परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै उनले भने, ‘अहिले ड्याम फुटेको भन्ने छैन। साना–साना ग्ल्यासियर फुटेको हुनाले धेरै ठाउँमा पानी ओभरफ्लो भएको छ। ठुलो जोखिम तत्काल देखिएको छैन। तर, सतर्कमा रहन आवश्यक छ।’
 

सुझावित समाचार