परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा दुवै मन्त्रीबिच विपतपछि जारी खोजी, उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सो अवसरमा मन्त्री खनालले विपतकाे समयमा बंगलादेश सरकारले सहयोगका लागि गरेको प्रस्तावप्रति धन्यवाद व्यक्त गरे। उनले नेपाललाई आवश्यक पर्न सक्ने कुनै पनि विशिष्ट सहयोगका सम्बन्धमा बंगलादेशसँग निरन्तर सम्पर्क र समन्वयमा रहने प्रतिबद्धता व्यक्त गरे।
बंगलादेशका परराष्ट्रमन्त्री डा. रहमानले विपतकाे कठिन परिस्थितिमा नेपाललाई आवश्यक सहयोगका लागि बंगलादेश तत्पर रहेको धारणा व्यक्त गरेका थिए।
नेपाल र बंगलादेशिच विपत् व्यवस्थापन तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत वार्ता केन्द्रित रहेको जनाइएको छ।