देवघाटमा पानीको सतह आठ मिटर पुग्न सक्ने अनुमान, नदीकिनारका बासिन्दालाई सतर्क रहन आग्रह

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

चितवन–देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर पुगेको छ। बाढीको बहाब करिब दिउँसो ३:३० बजे देवघाटमा आइपुग्ने अनुमान गरिएको छ।

प्रारम्भिक आकलनअनुसार देवघाटमा पानीको सतह करिब तीन मिटरले बढ्न सक्ने देखिएको छ। यससँगै पानीको सतह करिब आठ मिटर पुग्न सक्ने र यो दुईदेखि तीन वर्ष पुनरावृत्ति अवधिको बाढी हुन सक्ने अनुमान गरिएको छ।

हालको आकलनअनुसार चितवन र नवलपरासीका क्षेत्रमा ठुलो डुबानको सम्भावना कम रहेको बताइएको छ। यद्यपि, नदीको बहाब र पानीको सतहमा परिवर्तन हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

अर्को सूचना जारी नभएसम्म नदीछेउछाउका बस्ती तथा बजारका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा रहन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

See More On

सुझावित समाचार