प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चियरम्यान तथा सिइओ क्लब एचिभर्स अवार्ड कार्यक्रम गरेको छ । कार्यक्रम ४ देखि ७ भदौसम्म पोखरामा गरिएको हो । जसमा गत आव ०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई कम्पनीको उच्च तह चियरम्यान क्लब तथा दोस्रो उच्च तह सिइओ क्लब अवार्डबाट सम्मानित गरिएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य, व्यवस्थापक, अभिकर्ता गरी दुई सयजनाको उपस्थिति थियो ।
कम्पनी सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले उत्कृष्ट व्यवसाय गरी सम्मानित हुने सबै अभिकर्तालाई बधाई दिइन् । उनले आगामी दिनमा पनि कम्पनीले व्यवसाय गर्न साथ–सहयोग दिने बताइन् ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईंले अभिकर्ताको सफलतालाई उत्सवका रूपमा सम्मान गर्न पाउनु कम्पनीका लागि गर्वको विषय रहेको बताए । टिमवर्कले नै सफलता सम्भव हुने उल्लेख गर्दै आगामी वर्ष थप सफलता हात पर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा आचार्य राजाबाबु साहको ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ ट्रेनिङ’ सेसन पनि राखिएको थियो । त्यस्तै, अभिनेता प्रदीप खड्काले आफ्नो संघर्ष र सफलताबारे प्रस्तुति दिएका थिए ।