सामसङ नेपालले यस मनसुनमा उपभोक्ताहरूका लागि आफ्नो नवीनतम टिभी, वासिङ मेसिन र रेफ्रिजेरेटर रेन्जमा विशेष अफर ल्याएको छ। अफरअन्तर्गत होम अप्लायन्सेसहरूमा २३ प्रतिशतसम्मको क्यासब्याकका साथै चुनित टिभी मोडलहरूको खरिदमा १२ महिनासम्मको निःशुल्क नेटटिभी सब्सक्रिप्सन र निःशुल्क साउन्डबालगायतका उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट लोड, एफएटिएल तथा एसएटिएल वासिङ मेसिनमा २३ प्रतिशतसम्मको इन्स्टेन्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, सिंगल डोर, डबल डोर तथा साइड बाई साइड रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध छ। घरमा अझ इमर्सिभ मनोरञ्जन अनुभव भित्र्याउनेदेखि दैनिक लुगा धुने कामलाई अझ स्मार्ट बनाउने तथा भान्साका आवश्यक उपकरणहरू अपग्रेड गर्नेसम्म, सामसङको यस अफरमा हरेक घरपरिवारको आवश्यकता र रोजाइअनुसारका विकल्पहरू उपलब्ध रहेको सामसङले जनाएको छ।
यसका साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सर्भिसमार्फत ग्राहकहरूले सामसङका होम अप्लायन्सेसहरू २४ महिनासम्मको इएमआई योजनामा खरिद गर्न सक्नेछन्, जसले यी उपकरणहरूको खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउनेछ।
त्यसैगरी, नयाँ सामसङ होम अप्लायन्सेसहरूमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आफ्ना पुराना उपकरणहरू अर्को स्टोर वा नेपालभर रहेका सामसङ का अधिकृत रिटेल स्टोरहरूमार्फत एक्सचेन्ज गर्न सक्नेछन्। यी अफरहरू सीमित अवधिका लागि मात्र उपलब्ध छन्।
