अस्ट्रेलियाले पाहुना टोली बंगलादेशलाई दोस्रो टेस्टको दोस्रो दिनमै इनिङ्स र ५१ रनले हराएको छ । घरेलु मैदानमा अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो इनिङ्समा ९४ रनमै अलआउट गर्दै टेस्ट सकिनु तीन दिनअगाडि नै जित निकालेको हो । यससँगै सिरिज १–१ को बराबरी भएको छ । यसअघि पहिलो टेस्टमा बंगलादेशले अस्ट्रेलियालाई उसैको मैदानमा पहिलोपटक जित निकालेको थियो । पहिलो टेस्टमा बंगलादेशले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
बंगलादेशले दोस्रो टेस्टमा यस सफलतालाई दोहोर्याउन सकेन । माकाय मैदानमा बंगलादेशले पहिलो ब्याटिङ गरेको थियो । अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले केवल १२ रन खर्चेर ६ विकेट लिएपछि बंगलादेश ३४ ओभरमा ६४ रनमा समेटियो । प्रत्युत्तरमा अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्स दमदार बनाउन सकेन । बलिङमा पुनरागमन गरेको बंगलादेशले अस्ट्रेलियालाई दुई सय १० रनमा रोकेको थियो । अस्ट्रेलियाले पहिलो इनिङ्समा एक सय ४६ रनको अग्रता लिएको थियो ।
बंगलादेशले अस्ट्रेलियालाई पुनः ब्याटिङ गराउन र इनिङ्स हारबाट जोगिन एक सय ४६ रन बनाउनुपर्ने थियो । तर, दोस्रो इनिङ्समा पनि मिचेलले धारिलो बलिङ गरेपछि बंगलादेश इनिङ्स हारबाट जोगिएन । बंगलादेशले दोस्रो इनिङ्समा ३८.३ ओभरमा बलिङ गरी नौ सय ५५ रन मात्र बनाएको थियो । मिचेलले १० ओभरमा तीन मेडन राखी ३९ रन दिएर चार विकेट लिएका थिए ।
यसैगरी, प्याट क्युमिन्सले १० ओभरमा चार मेडन राख्दै १० रन खर्चेर तीन विकेट हात पारे । नाथन लियनले पनि ११.३ ओभरमा २५ रन दिएर तीन विकेट लिए । उनले आफ्नो बलिङ स्पेलमा चार मेडन ओभर गरेका थिए । समग्रमा अस्ट्रेलियाले दोस्रो इनिङ्सको बलिङमा १२ मेडन ओभर गरेको थियो ।
दुवै इनिङ्समा बंगलादेशको फितलो ब्याटिङ
दोस्रो टेस्टमा बंगलादेश विशेष ब्याटिङमा चुकेको देखिन्छ । दोस्रो टेस्ट नयाँ पिचमा खेलाइएको थियो । यो पिच पूरै फास्ट बलरका लागि उपयोगी देखिन्थ्यो । अस्ट्रेलियाका म्यान अफ दी म्याच मिचेलले दुवै इनिङ्समा गरी १० विकेट हात पारे । स्पिनरले पनि टर्न भएका वेलामा विकेट लिए । स्पिनर र फास्ट बलरले घरेलु पिचको भरपूर फाइदा लिए । यसै कारण बंगलादेशका ब्याट्सम्यान दुवै इनिङ्समा सस्तै रनमा आउट भए ।
बंगलादेशको नजरमा दोस्रो इनिङ्स महत्वपूर्ण थियो । पहिलोमा फितलो प्रदर्शन भएपछि दोस्रो दमदार ब्याटिङ गर्नुपर्ने जिम्मेवारी बंगलादेशी ब्याट्सम्यानका थिए । तर, उनीहरूले अस्ट्रेलियन फास्ट र स्पिनरको सामना गर्न सकेनन् । इनिङ्सको २.३ ओभरमा बंगलादेशले पाँच रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो । इनिङ्सको २४.४ ओभरमा बंगलादेश ६३–५ को दयनीय अवस्थामा रह्यो । कप्तान नजमुल होसेन र मुसफिकर रहिमले रनरेट उकास्ने केही प्रयास गरेका थिए ।
तर, लियनको ओभरमा कप्तान नजमुल आउट भएपछि बंगलादेशले ६ विकेट ४४ रनको अन्तरमा गुमायो । नजमुलले ४६ बलमा ६ चौका प्रहार गरी ३१ रन बनाए । अन्तिमसम्म नटआउट रहेका रहिमले ८० बलमा तीन चौका प्रहार गरी २९ रन जोडे । यसबाहेक दोस्रो इनिङ्समा बंगलादेशका आठ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि पहिलो इनिङ्समा बंगलादेशले झनै खराब प्रदर्शन गरेको थियो । बंगलादेशले टेस्टको पहिलो दिन कम योगफलमा समेटिएको चौथो अवसर थियो । सन् २०१८ मा बंगलादेश वेस्ट इन्डिजविरुद्ध ४३ रनमा अलआउट भएको थियो । बंगलादेशको टेस्ट इतिहासमा यो नै अहिलेसम्म पहिलो इनिङ्सको खराब प्रदर्शन थियो ।
क्यामरुनको अर्धशतक
अस्ट्रेलियाको पहिलो ब्याटिङ इनिङ्स एक समय धर्मराएको थियो । तीव्र गतिका बलर सोरिफुलले ६ विकेट लिएपछि अस्ट्रेलियाको पनि ब्याटिङ कमजोर बनेको थियो । तर, क्यामरुन ग्रिनले एक सय पाँच बलमा महत्वपूर्ण ६७ रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा १० चौका प्रहार गरेका थिए । ओपनर टेभिस हेडले २२ रन बनाउन चार चौका प्रहार गरेका थिए । पूर्वकप्तान स्टिभ स्मिथले ७४ बलमा ४२ रन बनाए । नाथन लियनले ६२ बलमा चार चौका र एक छक्का प्रहार गरी ३२ रन बनाए । बंगलादेशले पहिलो इनिङ्समा २३ अतिरिक्त रन दिएको थियो । ७.५ ओभरमा ४१ रन जोड्दा अस्ट्रेलियाले तीन विकेट गुमाएको थियो ।