नवलपुरको देवचुली नगरपालिका– १५, सालघारीस्थित लोकाहा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका– १ का अन्दाजी ३० वर्षीय सूर्यबहादुर थापा रहेका छन्।
उनले आफैँले जोडेको तार प्रयोग गरी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा त्यही करेन्ट लागेर उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा करिब ६५ मिटर लामो तार, मोबाइल, झोला र साइकल फेला परेको प्रहरीले जनाएको छ।
मृतकको शवको सनाखत उनका दाजुले गरेका छन्। शवलाई पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।