सर्लाहीको मलंगवा नगरपालिका– ८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज.१त ५२४६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ हिँडिरहेकी गोडैता नगरपालिका– ५ निवासी अन्दाजी २३ वर्षीया गुरिया कुमारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी कुमारीलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो। उपचारका लागि अस्पताल पुर्याइएपछि चिकित्सकले जाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न ट्याक्टर र चालक गोडैता नगरपालिका– ११ निवासी अन्दाजी १७ वर्षीय अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।