१४ वर्षदेखि नेपाल बस्दै आएका अमेरिकी नागरिकलाई निष्कासनको निर्णय

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

१४ वर्षदेखि नेपालमा बस्दै आएका कोरियन मूलका एक अमेरिकन नागरिकलाई अध्यागमन विभागले निष्कासन गर्ने निर्णय गरेको छ। पेटर क्वाङ सिओङ किमलाई विभागले निष्कासन गर्ने निर्णय गरेको हो । 

सामाजिक कामको आवरणमा धर्म प्रचारमा संलग्न रहेको भन्दै उनलाई निष्कासनको निर्णय भएको हो। सन् २०१२ मा पर्यटक भिसामा नेपाल आएका उनी नेपाली महिलासँग विवाह गरी पछिल्ला रिलेसन भिसामा बस्दै आएका छन्। बिचमा उनी बिजनेस भिसामा समेत बसेका थिए। 

 काभ्रे र दोलखामा स्कुल सञ्चालनको आवरणमा उनले क्रिश्चियन धर्मको प्रचार गरेको सूचनाका आधारमा गत महिना पक्राउ परेका थिए। उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै श्रीमती निलम बर्देवाले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। जसमा गत १ भदौमा सर्वाेच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको छ। सर्वाेच्चको आदेशअनुसार थुनामुक्त गरे पनि निष्कासनको निर्णय पनि भएको विभागका निर्देशक टीकाराम ढकालले बताए। 

सुझावित समाचार